SHARE
पर्दाफास · बिहीबार ३० असो २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

निर्वाचन बिथोल्न केही तत्त्वहरू सक्रिय छन् : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरू निर्वाचनको बिथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको माहौल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाईबुझाई गर्ने बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढङ्गबाट काम गर्ने उनको भनाई छ ।