काँग्रेस केन्द्रीय समिति बैठक : सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरीत
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरूले धारणा राखेका छन् । बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा सात जना मात्रै सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
