SHARE
पर्दाफास · बिहीबार ३० असो २०८२ १२:४० PM · 1 मिनेट पढाइ

मंसिरभित्रै महाधिवेशन गर्न शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो । विहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् ।