दुई दिनमा १ सय ८४ एमाले नेताले राखे धारणा, संसद पुनःस्थापना एकमात्र विकल्प
नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
