SHARE
पर्दाफास · बिहीबार ३० असो २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

बालेन भन्छन्- अतिक्रमणमा परेको २३ अर्ब मूल्य बराबरको २०८ रोपनी बढी जग्गा फिर्ता ल्यायौं

काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेका २३ अर्ब मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको छ । महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् । आफूले महानगरको नेतृत्व लिए यता अतिक्रमणमा परेका उक्त मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरी सार्वजनिक उपयोग मै ल्याइसकेको मेयर साहले बताएका छन् ।