SHARE
कालिका खबर · बुधबार २९ असो २०८२ १०:५० AM · 1 मिनेट पढाइ

वीरगञ्जमा जसपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढीकरण र रणनीति निर्माणमा जोड

वीरगञ्ज — जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला समितिको आयोजनामा आज वीरगञ्जको टाउन हलमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र जनसेवामुखी कार्यदिशाका विषयमा केन्द्रित भेला पार्टीको सांगठनिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। भेलाको प्रमुख अतिथि तथा जसपाका केन्द्रीय उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले पार्टी संगठनलाई बलियो बनाउने, जनतासँगको सम्बन्ध सुदृढ पार्ने र अनुशासनमा रहन कार्यकर्तालाई आग्रह गरे। उनले राजनीतिक रूपान्तरण र समावेशी नीतिमा जसपाको भूमिका निर्णायक हुने भन्दै कार्यकर्ताहरूलाई आगामी कार्यक्रमहरूमा सक्रिय सहभागिताको आह्वान गरे।