धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गङ्गा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए । यस्तै दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला सदरमुकामस्थित धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
