SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा ३ जना कर्मचारी पक्राउ

जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो। अभियुक्तहरूलाई फेदीखोला–४ निवासी प्रयासी गुरुङको सरकारी अभिलेखमा किर्ते गरी लिखतसम्बन्धी कसूर गरेको आरोप लागेको छ।