SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए।