हिमपात र हिमपहिरोको जोखिम : १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
