SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा

विराटनगरका किङ्सका लोकेश बम राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने चौथो खेलाडी बनेका छन्। लोकेशले आज कर्णाली याक्सविरूद्धको खेलमा ३२ बलमै ५० रन पूरा गरेका हुन्। उनको अर्धशतकमा ६ छक्का र १ चौका सामेल छ । यसअघि प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ।