SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएको विषयमा प्रहरीको ध्यानाकर्षण

जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै परिसरले विभिन्न सञ्चारमाध्यममा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोतका रूपमा सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएको समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।