साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए।
