SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

एनपीएल : विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।