SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरीको पोशाक खरिद प्रकरणमा अहिले नै कसैलाई दोषी भन्न नमिल्ने मनिष झाको तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले उपसमितिले पोशाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै दिने बताए ।