मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक हिर्काए । जसमा ३ चौका र २ छक्का सामेल छन् । यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ ।
