कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शपथ गराएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् । शपथसँगै नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ ।
