SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ । खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान बेच्ने व्यापारीलाई फाइदा पुगेको छ । दर्शकको यही चहलपहलले मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारीको व्यापारमा पनि सुधार आएको छ ।