SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अब धान नकाट्न आग्रह

देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने भारी वर्षाको सम्भावना थोरै स्थानमा मात्रै रहेको छ ।