SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

एनपीएल : जनकपुरले काठमाडौंलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो ।