SHARE
पर्दाफास · बुधबार २९ असो २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि ५० जनाले राखे धारणा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् । बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखे ।