SHARE
पर्दाफास · बुधबार २९ असो २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ।