विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन
जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् । विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए ।
