SHARE
पर्दाफास · बुधबार २९ असो २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

भाइटीकाको साइत कुन देशमा कति बजे ?(सूचीसहित)

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो। समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ।