प्रहरीको एसएलआर खोसेर सिंहदरबारमा पोजिसन लिने परियार पक्राउ
जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेर सिंहदरबारको मूलगेटमा पोजिसन लिने ‘सम्राट’ उपनामले चिनिने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको सुनाकोठीबाट पक्राउ परेका परियारले आन्दोलनको क्रममा प्रहरीको सेल्फ–लोडिङ राइफल (एसएलआर) खोसेर सिंहदरबारको मूलगेटमा कालो पोशाकमा पोजिसन लिएका थिए ।
