SHARE
पर्दाफास · मङगलबार २८ असो २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोतल तथा जारमा बिक्री वितरण भइरहेको साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । विभागले एक सूचना जारी गर्दै अबदेखि काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरिएको छ ।