पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोलीका श्रीलंकन् खेलाडीमा नजर
काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुँदैछ । सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।
