SHARE
पर्दाफास · सोमबार २७ असो २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो । वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।