कर्जा सुविधा दुई महिना थप गर्न व्यवसायीको माग
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले मुलुकको विषम परिस्थितिलाई हेरेर कर्जा सुविधा दुई महिना थप गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी उद्योगी तथा व्यवसायी जेनजी आन्दोलन र प्राकृतिक विपत्तिको मारमा परेको भन्दै कर्जा सुविधा थप गर्न माग गरेका हुन् ।
