जर्मन मन्त्रीका संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदै छिन् । भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा तथा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको जर्मनी दूतावासले जनाएको छ ।
