एसईई २०८४ का लागि विद्यार्थीको रजिस्ट्रेशन फारम खुल्यो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि कक्षा ९ को रजिस्ट्रेशन फारम भर्ने तथा भराउनेसम्बन्धी सूचना जारी गरेको छ । बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले आगामी एसईई परीक्षाका लागि रजिस्ट्रेशन फारम भर्नुपर्नेछ ।
