SHARE
कालिका खबर · शनिबार २५ असो २०८२ ०७:३८ AM · 1 मिनेट पढाइ

पाकिस्तानी प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण, सात अधिकारीको मृत्यु, १३ घाइते

काठमाडौँ : पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् । आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् । यो घटनालाई पछिल्ला वर्षहरूमा सो क्षेत्रमा बढ्दै गएको आतङ्कवादी हिंसाको अर्को उदाहरणका रूपमा हेरिएको छ । सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ ।