SHARE
कालिका खबर · शनिबार २५ असो २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । बैठक आइतबार बिहान ११ः०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ । आइतबारको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले आज मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्नुहुने उहाँले बताउनुभयो ।