SHARE
कालिका खबर · शनिबार २५ असो २०८२ ०८:४० AM · 1 मिनेट पढाइ

चुनावको तयारीमा सिके राउत, मतदाता नामावलीका लागि अभियान चलाउने

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारीमा जुटेको छ । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीलाई चुनाव केन्द्रित गर्ने निर्णय गरेको हो । त्यसका लागि पहिलो चरणमा जेनजी पुस्तालाई मतदाता नामावलीमा नाम लेखाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । मतदाता नामावलीमा बढीभन्दा बढी जेनजी पुस्ताको नाम समावेश गराउन पार्टीले गाउँ गाउँमा अभियान चलाउने उनले बताए ।