सामाखुसी चोकमा राजावादीहरूको प्रदर्शन
काठमाडौँ : काठमाडौँको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्न उनीहरुले प्रदर्शन गरेका हुन् । सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए । तर हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन् ।
