SHARE
कालिका खबर · शनिबार २५ असो २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा परी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। झापा, शिवसताक्षी नगरपालिका-१ मन्दिर टोलस्थित सडकमा प्र.१-०१-०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१-०२-०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।