सिमानामा सशस्त्र प्रहरीको सतर्कता : निरीक्षक कृष्ण बहादुर केसीको नेतृत्वमा लागुऔषधसहित दुई जना पक्राउ
पर्सा, असोज २५। सशस्त्र प्रहरी बल, नेपालले पुनः सीमाक्षेत्रमा आफ्नो सक्रियता र प्रतिबद्धताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीस्थित सशस्त्र प्रहरी बीओपीका निरीक्षक कृष्ण बहादुर केसीको नेतृत्वमा खटिएको गस्ती टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरी उल्लेखनीय सफलता हासिल गरेको हो। पर्सा जिल्लाको अमरपट्टी नजिकै नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले ना.१३ प.४६१८ नम्बरको रातो–कालो रंगको यामाहा अल्बा मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंकास्पद अवस्थामा रोकेको थियो। तलासीका क्रममा मोटरसाइकलको सिटमुनी र उनीहरूको शरीरमा लुकाइ–छिपाइ गरी ल्याउँदै गरेको ५ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
