पावरप्लेमा कर्णालीको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सको पावरप्लेमा ब्याटिङ धरापमा परेको छ। त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पावरप्लेमा ३ विकेटको क्षतिमा ३८ रन बनाएको छ। ओपनर मार्क वाट १ रन, वान डाउन आएका दिपक प्रसाद डुम्रे १४ र हुसैन तलात ३ रनमा पेभेलियन फर्किदा अरिफूल इस्लाम १९ र पवन सर्राफ १ रनमा अविजित खेलिरहेकका छन्।
