काठमाडौं ल्याउँदै गरेको ८० हजार मूल्यको पटका बरामद, दुईजना पक्राउ
काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका –०१ पथलैयास्थित चेकपोइन्टबाट अबैध रुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको छ ।बिहान करिब ०८:३० बजे प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं ल्याउँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरेको पिकअपलाई पथलैया चेकपोइन्टमा चकेजाँच गर्ने क्रममा बरामद गरेको हो।
