SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

धादिङमा ट्यांकर र ईभी हाइस ठोक्किँदा १० जना घाइते

धादिङ : धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा तेल ट्यांकर र ईभी हाइस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।मंगलबार दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०८३५ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३०१३ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका हुन्।