सप्तकोशी जेटबोट दुर्घटनाको छानबिन सात दिनमा टुंग्याउने प्रदेश सरकारको निर्णय
विराटनगर : सप्तकोशी नदीमा भएको यात्रुबाहक जेटबोट दुर्घटनाको कारण र घटनासँग जोडिएका तथ्य पत्ता लगाउन कोशी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। अर्थात्, सप्तकोशी जेटबोट दुर्घटनाको छानबिन सात दिनमा टुंग्याउने निर्णय प्रदेश सरकारले गरेको हो । मंगलबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
