SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या

काठमाडौं : इथियोपियाको ओरोमिया क्षेत्रमा छुट्टाछुट्टै आक्रमणहरूमा कम्तीमा ६० अर्थोडक्स ईसाईहरू मारिएको चर्चका अधिकारीहरूले बताएका छन्।इथियोपियाली अर्थोडक्स तेवाहेदो चर्चको धर्मसभाले यो हत्यालाई आफ्ना नागरिकहरूमाथि गरिएको अत्यन्तै दुखद क्रूरता र पीडाको संज्ञा दिएको छ। आक्रमणमा २० भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् भने २० घरहरू जलेर नष्ट भएका छन्। गत अक्टोबर २० मा मेर्टी जिल्लाको गोरा सिलिङ्गो, अंगदा केबेलेमा १४ जनाको मृत्यु भएको थियो।