चितवनका डेविट मलानले हाने एनपीएल तेस्रो सिजनको पहिलो अर्धसतक
काठमाडौं : चितवन राइनोजका ओपनर ब्याटर डेविड मलानले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको पहिलो अर्धशतक बनाएका छन्।किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा विराटनगर किंग्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि डेविडले १०.२ ओभरमा ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनसहित अर्धशतक पूरा गरेका हुन्। पहिलो विकेटको लागि डेविड मलानले देव खनालसँग ५८ रनको साझेदारी बनाएका थिए। हाल उनी ५३ रन बनाएर खेलिरहेका छन्। उनीसँग अर्जुन साउद ३ रनमा खेलिरहेका छन्।
