सुडानमा व्यापक ड्रोन हमला, २१ जनाको मृत्यु
एजेन्सी– सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो ।
