सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । सरकारले तयार गरिरहेको ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन किन्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
