दुधेमा मंसिर ५ देखि झापा महिला गोल्डकप, विजेतालाई ११ लाख
झापा : झापाको शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा मंसिर ५ देखि १२ गतेसम्म दोस्रो झापा महिला गोल्डकप आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारत र भुटानका क्लबले प्रतिस्पर्धा गर्नेछन्।
