उदयपुरमा ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना, चालकसहित १५ जना घाइते, एक जनालाई विराटनगर पठाइयो
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। ब्रेक फेल भएर अनियन्त्रित बनेको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
