धनकुटामा अमेरिकी चिकित्सकसहित ६१ जनाको टोली, आजदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु
धनकुटा । धनकुटामा गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी आजदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शिविर सञ्चालनका लागि अमेरिकाको हवाईस्थित अलोहा मेडिकल मिसनका ४४ सदस्यीय चिकित्सकीय टोली धनकुटा आइपुगेको छ ।
