SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

दुई सातापछि खुल्यो रियाद विमानस्थल, हुथीको चेतावनी कायमै

रियाद । यमनका हुथी विद्रोहीले आक्रमण गरेपछि दुई सातादेखि बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् । ‘फ्लाइट राडार’का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदीको जेद्दाहतर्फ गएको देखिएको छ ।