हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के.बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको छ । गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्वबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको यस सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्।
